नियम १३२
इलाका छोड्ने सम्बन्धी व्यवस्था
सरकारी काजमा खटिएको वा विदामा रहेको अवस्थामा बाहेक कुनै पनि निजामती कर्मचारीले विदा दिने अधिकारीको इजाजत बेगर आफ्नो कार्यालय रहेको जिल्ला वा इलाका छोडी अन्यत्र जानु हुदैन ।
तर अपर्झट परी कार्यालय छोडी जानु पर्ने भएमा निजामती कर्मचारीले त्यसको कारण खोली निवेदन दिई आफ्नो कार्यालय
प्रमुखको इजाजत लिई वा इजाजत लिन नभ्याएमा जानु पर्ने कारण समेत खोली सम्बन्धित कार्यालय, विभाग वा सचिवालयमा लिखित
वा मौखिक प्रतिवेदन दिई देशभित्र वा बाहिर जान हुन्छ । त्यसरी जांदा कार्यालयको काममा बाधा नपर्ने र सरकारी सम्पत्तिको
हिनामिना नहुने प्रबन्ध मिलाई जानु पर्नेछ ।